विराटनगर । नेपाली महिला फुटबल टिमका सदस्यले नगद अढाइ लाख पाउने भएका छन् ।

पाँचौ महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्यले सो रकम पाउने भएका हुन् । एन्फाको विराटनगरमा शनिबार सम्पन्न १८औँ साधारणसभाले प्रत्येक खेलाडीलाई नगद १ लाख दिने निर्णय गरेको छ । त्यस्तै, १ नम्बर प्रदेश सरकारले १ लाख र विराटनगर महानगरपालिकाले ५० हजार जनही दिने घोषणा गरिसकेको छ ।

एन्फाको साधारणसभाले प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई प्रतियोगिता आयोजना गर्न सहयोग गरेको भन्दै धन्यवाद दिएको छ भने खेलाडी सम्मानसँगै पुरस्कार घोषणालाई स्वागत पनि गरेको छ ।