Spread the love

अर्जुनधारा, झापा । आज बिहान आएको हावाहुरी र पानीसंगै चट्याङ पर्दा झापाको अर्जुनधारा नगरपालिका-११ मा दुई जना घाइते भएका छन् ।

स्थानीय फुलमाया बर्देवाको घरमा चट्याङ पर्दा चट्याङको झिल्काले लागेर ४७ बर्षीया फुलमाया बर्देवा र ४२ बर्षीया कृणा बर्देवा घाईते भएका छन् । घाईते दुवै जनाको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बिहान ९ बजेको समयमा ईलाम नगरपालिका-६ गढीमा चट्याङको झिल्काले लागेर स्थानीय ३३ बर्षीय दिनेश गुरुङ र ४१ बर्षीय बम बहादुर लिम्बु घाईते भएका छन् । घाईते दुवै जनाको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

त्यस्तै, पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा रण बहादुर मगरको गोठमा चट्याङ पर्दा गोठमा रहेको गाई मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ भने खोटाङको खोटाङरावावेशी गाउँपालिका-२ का दल बहादुर कामीको गोठमा रहेको गाई पनि चट्याङको झिल्काले लागेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।