Spread the love

इलाम । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका– १ शान्तिपुरबाट ३१ वर्षीय राजु खातीलाई पक्राउ गरेको छ ।

खातीलाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरिएको हो । खाती अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

यस्तै विप्लव समुहको किसान संघका अध्यक्ष भएको आरोपमा जीतपुरका ७० वर्षीय मोहन बराललाई पनि चैत ११ गते प्रहरीले पक्राउ गरेको थियो । गिरफ्तार गरिएका बरालले भने अहिले उक्त पाटीको कुनै पनि संघ संगठनमा आफू नरहेको र राजनीतिबाट निस्क्रिय रहेको बताएपछि बराललाई भने चैत १२ गतेनै रिहा गरिएको एसपी माधवप्रसाद श्रेष्ठले बताए ।