Spread the love

अर्जुनधारा,झापा । स्थानीय महिलाहरुको सक्रियतामा चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएको अर्जुनधारा–८स्थित भृकुटी मार्ग कालोपत्रे योजनाको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।

कालोपत्रे निर्माण उपभोक्ता समितिकी अध्यक्ष गंगाकुमारी तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिकी सचिव लीला थापा राईले योजनाको आय–व्यय प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।

प्रस्तुत प्रतिवेदन अनुसार वडा र जनसहभागितासहित जम्मा लागत १० लाख ६३ हजार दुई सय ६७ रुपैयाँको लगानीमा चौडाई पाँच मिटर र लम्बाई दुई सय मिटरमा कालोपत्रे गरेको उल्लेख गरिएको छ ।

उक्त योजनाको लागि वडाबाट नौ लाख रुपैयाँ बजेट विनियोजन भएको र बाँकी जनसहभागितामार्फत् संकलन भएको समितिकी कोषाध्यक्ष सञ्चमाया लिम्बूले जानकारी दिइन् ।

गत पुस २ गते सम्झौता भई सुरु भएको निर्माण कार्य गत चैत ५ गते सम्पन्न भएको समितिकी उपाध्यक्ष यांकी तामाङले बताइन् । वृखबहादुर कार्कीलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव राईले गरेकी थिइन् । उक्त मार्गको बाँकी भागमा पनि कालोपत्रे गर्न पहल गरिने बताइएको छ ।