Spread the love

इलाम । बाख्रा कृतिम गर्भाधानसम्बन्धी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोङ गाउपालिकाका अध्यक्ष सम्सेर राईले किसानको आम्दानीमा परिबर्तन गर्न सकेमा मात्र प्राबिधिक सफल भएको ठहर्ने बताएका छन् ।

अध्यक्ष राईले किसानमा दाम, प्राबिधिकमा काम र गाउपालिकामा नाम राख्न पशु प्राबिधिकको भूमिका महत्वपूर्ण भएको बताए। रोङ गाउपालिकाले आयोजना गरेको कृत्रिम गर्भाधान कार्यक्रममा गाउपालिकामा कार्यरत ९ जना पशु प्राबिधिकहरुको सहभागिता रहेको थियो ।

‘प्राबिधिकहरुको सेवा सुबिधा र अवसरको लागि गाउपालिकाले के गर्नुपर्ने हो सगै बसेर छलफल गरौ’ गाउपालिका अध्यक्ष राईले भने – ‘कृषि तथा पशु र पर्यटनको क्षेत्रमा अब बजेटको अभाव हुदैन । अनुदानले किसानलाइ आसे बनाउने बताउदै अध्यक्ष राईले अनुदान होइन शीप दिने गाउपालिकाको योजना रहेको सुनाए ।

कार्यक्रममा पशु सेवा बिज्ञ केन्द्र झापाका प्रमुख डाक्टर पशुपति ढुङगानाले पशुपालनमा नश्ल सुधार, स्वास्थ्य ब्यवस्थापन, आहारा ब्यवस्थापन र बजारीकरण राम्रो भएमा मात्र अपेक्षित प्रतिफल पाउन सकिने बताए । अपेक्षित प्रतिफल प्राप्तीमा प्राबिधिकको भूमिका हुन्छ, डा. ढुङगानाले भने,– ‘शासन ब्यवस्थामा आएको परिबर्तनले गाउगाउमा कृत्रिम गर्भाधानको तालिम सञ्चालन गर्ने अवसर मिलेको छ’ । त्यसैगरी पशुसेवा तालिम केन्द्र काठमाण्डौका प्रशिक्षक पुरुसोत्तम बहादुर शिंहले नया काममा चुनौती हुने भएपनि अवसरको रुपमा लिएर प्राबिधिकले सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा समाजसेवी होमबहादुर लिम्बुले तालिम प्राबिधिकले मात्र होइन किसानले पनि सिक्नु पर्ने आफूले अनुभव गरेको बताए । त्यस्तै सहभागी बेदनिधि दाहालले सहभागीहरुको तर्फबाट तालिममलाई ब्यवहारमा उतार्ने प्रतिबध्दता जनाए । गाउपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिम आयोजना गरिएको पशु सेवा केन्द्रका प्रमुख मिङमा रिन्जी सेर्पाले बताए । तालिम १ हप्ता सम्म सञ्चालन भएको थियो ।