Spread the love

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित चार दिने यामाहा मोटरसाइकल तथा स्कुटर महामेलामा ग्राहकको चाप बढेपछि एक दिन थप गरिएको छ ।

यामाहाको बिर्तामोडका लागि आधिकारिक विक्रेता सयपत्री ट्रेड लिंकले आज आइतबार एक दिन थप गरेको हो । चैत १३ गतेदेखि सञ्चालन भएको महामेला ग्राहकको चापलाई मध्यनजर राख्दै एक दिन थप गरिएको सयपत्री ट्रेड लिंकका सञ्चालक विनोद बस्नेतले बताए ।

१ नम्बर प्रदेशमै पहिलोपल्ट आयोजित महामेलामा विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कुटर एक्चेन्ज भइरहेको छ । जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटरको न्यूनतम् मूल्यांकन ३० हजार गरिएको बताउँदै सञ्चालक बस्नेतले पुराना मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन गरी यामाहाको उत्पादन एक्सचेन्ज गर्न सकिने बताए ।

महामेलामा हालसम्म १५० वटाभन्दा बढी मोटरसाइकल तथा स्कुटरको एक्सचेन्ज भइसकेको बताइएको छ । नेपालमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधनको विmी गर्दै आएको यामाहा कम्पनीले एक्सचेन्ज, मर्मतलगायत सम्पूर्ण सुविधा एकै ठाउँमा प्रदान गरेकाले मोटरसाइकल तथा स्कुटर खरिद गर्न तथा एक्सचेन्ज गर्न आउने ग्राहकको संख्यामा बृद्धि हुँदै गइरहेको सञ्चालक बस्नेतको दाबी छ ।