Spread the love

इलाम । राष्ट्रिय विद्युत प्रसारण लाइनमा नजोडिएको क्षेत्रका विपन्न परिवारका ३६ घरपरिवारलाई शनिबार एक कार्यक्रमका बीच माङ्सेबुङ गाउँपालिकाले वैकल्पिक उर्जा(सोलार) वितरण गरेको छ ।

राष्ट्रिय प्रशारण लाइनमा जोडिन लामो समय लाग्ने स्थानका निम्न आर्थिक स्रोत भएका घर परिवारलाई सोलार वितरण गरिएको हो । माङ्सेबुङ गाउँपालिका र वैकल्पिक नविकरण उर्जाको आर्थिक सहयोगमा सोलार वितरण गरिएको हो ।

करिब चार लाख पर्ने विद्युतीय सामग्रीलाई गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले हस्तान्तरण गरेका थिए । विद्युत नपुगेका क्षेत्रमा बैकल्पिक उर्जामार्फत विद्युत् पु¥याउने योजनाले सोलार वितरण थालिएको र तत्कालै अन्य विद्युत नपुगेका स्थानमा पनि सोलार वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष इदिङ्गोका राजनीतिक सल्लाहकार डम्बर लोरिङदेनले जानकारी दिए  ।