Spread the love

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ओलम्पिक छनौट खेल्न म्यानमार जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको आइतबार बिदाई गरेको छ ।

एएफसी महिला ओलम्पिक फुटबल छनौटतर्फ दोस्रो चरणको खेलहरु म्यानमारमा यहि अप्रिल ३ देखि ९ तारीखसम्म हुँदैछ । छनौट प्रतियोगितातर्फ नेपाल आयोजक म्यानमार, भारत र इण्डोनेसियासँगै समूह बी मा परेको छ ।

नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलका दिन घरेलु टोली म्यानमार विरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ६ अप्रिलका दिन भारतसँग खेल्नेछ भने अन्तिम खेल ९ अप्रिलका दिन इण्डोनेसियासँग खेल्नेछ ।