झापा । लघुवित्त वित्तीय संस्था शनिश्चरे शाखा कार्यालयले अर्जुनधारा नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना संक्रमण रोकथाम तथा क्वारेन्टाइन व्यवस्थापनका लागि नगद १० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

संस्थाका शनिश्चरे शाखा प्रमुख ठाकुरप्रसाद लामिछानेले अर्जुनधारा नगरपालिका झापाका वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हिमराज सेढाईलाई रकमबराबरको चेक हस्तान्तरण गरेका थिए ।

संस्थाले यसअघि सातवटै प्रदेशलाई दुई-दुई लाख कोरोना रोकथाम कोषलाई सहयोग गरिसकेको तथा हालसम्म करिब २१ लाख रुपैयाँ सहयोग गरिसकेको जनाइएको छ ।

संस्थाले आफ्ना सदस्यहरूलाई आगलागी, चट्याङ, बाढीपहिरोजस्ता प्राकृतिक बिपत्तिमा र घरपरिवारको उपचारमा समेत सहयोग गर्दै आइरहेको छ ।