झापा । नदीजन्य सामग्री उत्खनन बन्द गरिएको समयमा पनि खोलाबाट अवैध रूपमा निर्माण सामग्री उत्खनन् गर्ने ८० सवारी साधन झापा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

प्रहरीले साउन महिनामा ती सवारी नियन्त्रणमा लिई कारबाही गरेको हो । जिल्लाको कनकाई, विरिङ, मेची, हँडिया, टाङटिङलगायतका नदीबाट सामग्री उठाउने क्रममा ७३ वटा ट्र्याक्टर, ४ वटा टिप्पर, एउटा ट्रक र अन्य दुई सवारी नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनु भयो ।

ती सवारीमाथि कारबाही गर्दा ६ लाख १० हजार राजस्व सङ्कलन भएको बताइएको छ ।