झापा । झापाको बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलका ८ जना स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ४ जना त्यहाँ उपचाररत बिरामीमा पनि संक्रमण देखिएको छ।
भदौ १८ गते १४ जनाको अस्पतालबाटै पीसीआर परीक्षणका लागि थ्रोड स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रो बायोलोजी विभागमा पठाएको थियो । १४ जनामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनले संक्रमित सबै जना आइसोलेसनमा रहेकाले अस्पताल सुरक्षित रहेको जानकारी दिएका छन् ।
अस्पतालको सेवा चालु अवस्थामा रहेको र संक्रमित स्वास्थ्यकर्मीमा अधिकांश नर्सिङ स्टाफ रहेको गिरीले बताए।