झापा । प्रदेश १ मा आज ८० कोरोना संक्रमित थपिँदा झापाका १६ जना रहेका छन् ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार झापाको दमकमा २ महिला र ४ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष रहेका छन् ।

त्यस्तै, गौरीगञ्जमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, बा¥हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैबीच मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन् ।