इलाम । आमालाई करणी गरी फरार रहेका युवा पक्राउ परेका छन् ।

गत भदौ ७ गते राति ६३ वर्षीय बृद्धा आमालाई करणी भागेका २३ बर्षिय युवालाई खोजतलासका क्रममा इलाम नगरपालिका ५ तोरीबारीबाट प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफ्नै आमालाई करणी गरेपछि उनीविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गरिरहेको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।