अर्जुनधारा । झापाको अर्जुनधारा-७ पाराखोपीस्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामको प्रवेशद्वार निर्माण हुने भएको छ ।

प्रवेशद्वार निर्माण हुने स्थलमा बिहीबार विश्वकर्मा पूजाको सन्दर्भमा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सांसद् वृख प्रधानले भूमि पुजन गरे । प्रवेशद्वारको लागि प्रदेश निर्वाचन विशेष कार्यक्रमबाट गत आर्थिक वर्ष ०७६/०७७ मा एक लाख रुपैयाँ विनियोजन भएको थियो ।

धाम संरक्षण समितिका अनुसार कोभिड–१९ ले सिर्जना भएको बन्दाबन्दीका कारण स्थगित भएको प्रवेशद्वार निर्माणको कार्य यही असोज महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

त्यसैगरी प्रवेशद्वार निर्माण गर्न दाताहरुबाट नगद तथा जिन्सी सहयोग प्रदान गरेका छन् । यातायात व्यवसायी इन्द्र मगरबाट एक बण्डल रड, धामका सदस्य अर्जुन थापाबाट छ बोरा सिमेन्ट, सल्लाहकार रवि सुब्बाबाट पाँच बोरा सिमेन्ट, गंगादेवी कटुवालबाट एक हजार छ सय पचपन्न रुपैयाँ, चन्द्रकला राईबाट एक हजार पाँच सय पचपन्न रुपैयाँ, भूपा राईबाट एक हजार पाँच सय ५० रुपैयाँ प्रदान भएको बताइएको छ ।