विराटनगर । मोरङमा पोखरीमा डुबी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । दुई बालिकासहित आमाको मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार मृत्यु हुनेमा ग्रामथान वडानम्बर ४ मोतीपुरका एकै परिवारका ३ सदस्य रहेको छ । खड्का अनुसार स्थानीय रुद्र कट्वालको सो पोखरीमा अधिकारी परिवार माछा रुग्ने काम गर्दै आएका थिए। आइतबार साँझ पोखरीमा चारो हाल्न जाने क्रममा २ छोरी र आमाको डुबेर ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर, अन्य के कारण हुनसक्छ, अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

मृत्यु हुनेमा ३५ वर्षीया सीता अधिकारी र छोरीहरू ९ वर्षीया कृति र १३ वर्षीया पवित्रा रहेका छन् । ‘उनीहरू उक्त पोखरीको रेखदेख गर्दै आएका थिए । माछालाइ चारो दिएर नुहाउने क्रममा छारीहरू पानीमा डुबेको भनिएको छ’, खड्काले भने ‘उनीहरूलाइ बचाउन खोज्दा आमाको पनि मृत्यु भएछ । हामीले सो घटनाको अनुसन्धान गदैर्छौँ’, प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ ।