झापा । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कोरोना भाइरसबाट बच्न नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा समस्यामा परेका नागरिकलाई नगद सहयोग गरेका छन।
अमेरिकाको न्यूयोर्क बस्ने शान्ति गुरुङको संयोजकत्वमा लक डाउनको समयमा अपांगता अशक्त (फरक क्षमता) भएका सुन्दरीजलको दृष्टिविहीन संघर्षशील अपांगता वृद्धाश्रम आमाको घर नेपाल बस्ने १४ परिवारका ४३ जनालाई नगद ८० हजार सहयोग गरिएको हो।
कोरोना भाइरसले विश्व नै आक्रांत बनेको समयमा आफुहरु बैदेशिक रोजगारीमा रहे पनि स्वदेशमा रहेका अशक्त नागरिकहरु लक डाउनको समयमा कोही भोकै बस्न नपरोस् भनी सामाजिक भावना राख्दै न्यूज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासंगका प्रोड्यूसर दीपक बोहरामार्फत सहयोग गरेको सामाजिक अभियन्ता शान्ति गुरुङले बताउनुभयो। बोहराले घरमै पुगेर नगद हस्तान्तरण गर्नुभएको थियो।
महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण भोकभोकै बस्न नपरोस् भनेर सहयोग गरिएको सिधा कुरा जनतासंग कार्यक्रमका प्रोड्यूसर बोहराले बताउनुभयो ।
लक डाउनको समयमा दैनिक मजदूरी गर्न नपाउँदा फरक क्षमता भएका अशक्त, अपांगता भएका ब्यक्ति र परिवार समस्यामा परिरहेका छन्। लक डाउनको समयमा खाद्य संकट जुटाउन मुश्किल परेर भोकै बस्नु नपरोस् भनी आफुले कमाएको धनको केही रकम सामाजिक कार्यमा छुट्टाएर स्वदेश पठाएको गुरुङले बताउनुभयो।
नगद रकम बुझेपछि फरक क्षमता भएका टंकबहादुर राउतले सहयोगी मन र सिधा कुराको टीमलाई धन्यबाद दिएका थिए।