मोहन ढकाल,
विराटनगर । प्रदेश १ मा गत आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न प्रकृतिका ६ हजार ८ सय ८५ वटा दर्ता भएको १ प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसमध्ये ३ हजार ७ सय १५ वटा मुद्दा फच्र्छौट भएका छन् ।
त्यस्तै ३ हजार १ सय ७० वटा मुद्दा फच्र्छौट हुन बाँकी छन् । उक्त अवधिमा प्रदेश १ मा ५ हजार ४ सय ६८ जना पुरुष र ३ सय २४ जना महिला पक्राउ परेका छन् । त्यस्तै १ हजार २ सय ६ जना पुरुष र १ सय २० जना महिला फरार रहेका छन् ।
उक्त अवधिमा कर्तव्य ज्यान मुद्दाका ९७ वटा मुद्दा दर्ता भएकोमा ६० वटा फच्र्छौट भएका छन् । त्यस्तै ३७ मुद्दा फच्र्छौट हुन बाँकी छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ पर्नेमा १ सय ५१ जना पुरुष र १३ जना महिला रहेका छन् । अन्य १४ जना पुरुष र १ जना महिला भने फरार रहेका छन् ।
त्यस्तै आत्महत्यासम्बन्धीका १ हजार ३ सय १६ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये १० वटा मुद्दा फच्र्छौट भएका छन् भने १ हजार ३ सय ६ वटा मुद्दा अनुसन्धानको क्रममा रहेका छन् ।
यस्तै ज्यानसम्बन्धीका २८ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ७ वटा मुद्दा फच्र्छौट भएका छन् भने २१ वटा मुद्दा अनुसन्धानका क्रममा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ज्यान मार्ने कसुरसम्बन्धी २० पुरुष र ५ महिला पक्राउ परेका छन् । उक्त मुद्दाका आरोपी २ जना पुरुष भने फरार रहेका छन् ।
उक्त अवधिमा मानव बेचबिखनसम्बन्धीका २५ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये २० वटा मुद्दा फच्र्छौट भएका छन भने ५ वटा मुद्दा अनुसन्धानको क्रममा रहेका छन् । मानव बेचबिखनसम्बन्धी मुद्दामा २४ पुरुष र १२ महिला पक्राउ परेका छन् । फरार हुनेमा १० जना पुरुष र ८ जना महिला अझैसम्म फरार रहेका छन् ।
यस्तै जवरजस्ती करणीसम्बन्धीका ४ सय ६४ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३ सय ३ वटा फच्र्छौट भएका छन् । १ सय ६१ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् । जवरजस्ती करणीसम्बन्धी मुद्दामा ४ सय २३ पुरुष र ५ महिला पक्राउ परेका छन् । त्यस्तै १ सय ७ पुरुष अझै फरार रहेका छन् ।
उक्त अवधिमा जवरजस्ती करणी उद्योगमा १ सय ६१ वटा दर्ता भएका मुद्दामध्ये १ सय १३ फच्र्छौट भएका छन् । यस्तै ४८ बटा मुद्दाको टुङ्गो लाग्न बाँकी छ । जवरजस्ती करणी उद्योगमा १ सय ४६ जना पुरुष र १ जना महिला पक्राउ परेका थिए । अन्य ३४ जना पुरुष फरार रहेका छन् ।
यस्तै लागूूऔषधसम्बन्धीका ५ सय १९ मुद्दा दर्ता भएका थिए । जसमध्ये ४ सय मुद्दा फर्छौट भएका छन् भने १ सय १९ मुद्दाको टुङ्गो लाग्न बाँकी छ । लागूऔषध मुद्दामा ७ सय ३८ पुरुष र २९ जना महिला पक्राउ परेका थिए । अन्य २६ पुरुष र १ महिला फरार रहेका छन् ।
उक्त अवधिमा नै अन्य विभिन्न प्रकृतिका मुद्दामा ४ हजार २ सय ७५ जना पक्राउ परेका थिए । जसमध्ये २ हजार ८ सय २ वटा मुद्दा फच्र्छौट भएका छन् । अन्य १ हजार ४ सय ७३ वटा मुद्दाको टुङ्गो लाग्न बाँकी छ । अन्य प्रकृतिका मुद्दामा ३ हजार ९ सय ६६ पुरुष र २ सय ५९ जना महिला पक्राउ परेका थिए । अन्य १ हजार १३ जना पुरुष र १ सय १० जना महिला फरार रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कलाई विश्लेषण गर्दा उक्त अवधिमा सबैभन्दा बढी आत्महत्यासम्बन्धीका मुद्दा दर्ता भएका छन् । त्यस्तै दास्रो नम्बरमा लागूऔषध सम्बन्धिका मुद्दा दर्ता भएका छन् ।
यस्तै लकडाउनका कारण अघिल्लो वर्षको तुलनामा ६।२३ प्रतिशतले आत्महत्याका घटना बढेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता कविन्द्रकुमार कार्कीले बताए । आव २०७५/७६ को सोही अवधिमा आत्महत्यासम्बन्धीका १ हजार २ सय ३४ वटा मुद्दा दर्ता भएका थिए । अन्य प्रकृतिका मुद्दा भने अघिल्लो वर्षको तुलनामा ८.३१ प्रतिशतले घटेको प्रवक्ता कार्कीले बताए । विभिन्न समयमा प्रहरीले जनचेतनामूलक कार्यक्रम गरेको साथै कारवाहीमा वृद्धि भएका कारण अधिल्लो वर्षको तुलनामा केही कमी आएको उनले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा विभिन्न प्रकृतिका ७ हजार ५ सय ९ मुद्दा दर्ता भएका थिए । जसमध्ये ६ हजार २ सय ८४ मुद्दा फच्र्छौट भएको र १ हजार २ सय ३४ मुद्दा अनुसन्धानकै क्रममा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त अवधिमा विभिन्न मुद्दामा दोषी ठहरिएका ६ हजार ६ सय ६२ पुरुष र ४ सय २१ महिला पक्राउ परेका थिए । यस्तै ९ सय ४९ पुरुष र १ सय २३ महिला अझै फरार छन् ।