झापा । झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर ७ का १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर ८ का २० बर्षीय सौगात राई रहेका छन् ।
विशेष सुराकको आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज विहान सवा ६ बजे पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडि बढाईएको छ ।