झापा । झापामा गएराति श्रीमानले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका ३ का ३४ वर्षीय पर्वत राईले २७ वर्षीया श्रीमती संगीता राईको हत्या गरेका हुन् ।
३ नम्बर वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार श्रीमान्-श्रीमतीबीच घरायसी विषयमा विवाद हुँदा आवेशमा श्रीमतीलाई राईले ढुङ्गा प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी हवल्दार कल्याण निरौलाका अनुसार पर्वतलाई राति नै पक्राउ गरिएको छ ।