झापा । नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै कचनकवल गाउँपालिकामा पनि एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

हल्दिबारी ४ निवासी ७० वर्षिय नेपालको उपचारका क्रममा गएराति ११ः४५ बिराटनगर नोबेल अस्पतालमा मृत्यु भएको हो । उनलाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई उपचारका लागि विराटनगर लगिएको हल्दिबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताए । कोरोना संक्रमणबाट हल्दिबारीमा पहिलोपटक मुत्यु भएको हो ।

यसैगरी, हिजो साँझ कचनकवल गाउँपालिका वडा नं ६ की ६८ वर्षिया देवीमाया रेग्मीको निधन भएको थियो । उनको साँझ घरैमा मृत्यु भएको हो ।

केही दिनअघि ती महिलालाई उपचारका लागि नोवेल हस्पिटल विराटनगर लगिएको थियो । विराटनगरमा स्वाब दिएर उनलाई घर ल्याइएको थियो । हिजो उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको र आज मृत्यु भएको कचनकवलका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए ।

कचनकवलमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६९ पुगेको छ ।