झापा । तीन दिनदेखि कोरोना संक्रमणका कारण लगातार मृत्यु हुँदै आएको अर्जुनधारामा आज फेरि एक जना मृतक थपिएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं ९ का ७३ वर्षिय दिलिप बस्नेतको विएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । बस्नेतको उपचारका क्रममा बिहान ११ः३० बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतले बताए । उनलाई दुई साताअघि कोरोना पुष्टि भएको थियो ।

बस्नेतको शवलाई नेपाली सेनाको सहयोगमा अर्जुनधारा नगर स्वास्थ्य शाखाले व्यवस्थापन गर्न लागेको शाखा प्रमुख बस्नेतले जानकारी दिए । अर्जुनधारामा तीन दिनमा तीन जना संक्रमितको मृत्यु भइसकेको छ ।

आजै बिहान बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङको बिएण्डसी हस्पिटलमै मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या अर्जुनधारामा ७ र झापामा ८७ पुगेको छ ।