झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवसताक्षी-११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

प्रहरीका अनुसार मे २ प ६९७० नम्बरको मोटरसाइकलले पदैलयात्री विष्ट र ईश्वरी तिम्सिनालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका विष्टको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।

घाइते तिम्सिनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको जनाइएको छ।