सांकेतिक तस्वीर ।

कुमरखोद । झापा गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । झापा गाउँपालिका-२ पंचमचोकबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा शिवसतासी नगरपालिका ४ बस्ने वर्ष ३५ का वेलबहादुर भुजेल, शिवसतासी ५ कै वर्ष २० को देवराज ताजपुरिया र ६ नम्वर वडाका वर्ष २० का सन्तोष राजवंशी रहेका छन् । उनीहरुको साथबाट ब्राउन सुगर २.५ ग्राम फेला परेको थियो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट स्कुटरसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाइएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।