बिर्तामोड । आइतबार बिहान मृत फेला परेकी बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशी हत्याको संघीय प्रहरी इकाई कार्यालय धरानबाट मगाइएको शिकारी कुकुरबाट अनुसन्धान गरिएको छ ।

धरानबाट मगाइएको लैला कुकुरबाट अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । “अहिलेसम्म हामी अनुसन्धानकै क्रममा छौँ, कुकुरले अनुसन्धान सकिसकेको छ, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले भने ।

स्थानीय बिरबहादुर राजवंशीकी श्रीमती दिनो आइतबार विहान खेतमा मृत फेला परेकी हुन् । शनिबार बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको आज विहान लाश फेला परेको हो । उनको शव पोस्टमार्टमका लागि धरान लगिएको छ ।