ताप्लेजुङ । ताप्लेजुङमा बलात्कारका घटनामा वृद्धि हुँदै गएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्क अनुसार पछिल्लो समयमा बलात्कारजन्य घटनामा वृद्धि हुँदै गएको देखिएको छ।
इन्सेकले तयार पारेको पछिल्लो एक वर्षको अवधिमा घटेका अपराधिक घटनाको सूचीमा सबै भन्दा धेरै बलात्कारका घटना रहेका छन्। सूचीकृत विभिन्न ३४ घटनामध्ये सबैभन्दा धेरै २१ वटा बलात्कारजन्य घटना छन्।
इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२१ को प्रकाशन पूर्व फुङलिङमा वार्षिक समीक्षा कार्यक्रम आयोजना गरी तथ्याङ्क सार्वजनिक गरेको हो। बलात्कारजन्य घटनाबाट पीडित २१ मध्ये १५ जना १८ वर्षमुनिका बालिका रहेका छन्। अन्य २० वर्ष माथिका छन्।