तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाको सिम्लेमा १५ वटाभन्दा बढी घर जलेर नस्ट भएका छन् भने एक वृद्धा वेपत्ता भएकी छन् ।

गत शुक्रबारदेखि स्थानीय खोरुङ्गाको जंगलमा लागेको बस्तीमा सल्किएपछि घरहरु जलेका हुन् । आगलागीका क्रममा ७० बर्षिया नरमाया भण्डारी बेपत्ता भएकी हुन् ।

खरको छानो भएका घर र गोठहरु जलेर नष्ट हुँदा २ करोडभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ । अन्नपात समेत जलेकाले पीडितहरुलाई खान बस्नै समस्या भएको छ ।

अग्निपीडितका लागि सम्बन्धित निकायले राहत सामग्री उपलब्ध नगराउँदा समस्या झनै जटिल बन्दै गएको पीडितहरुले बताएका छन् । उनीहरु खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।