अर्जुनधारा । पत्रकार लीला रार्ईले आफ्नो जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न र अध्ययन सामग्री प्रदान गरेकी छन् ।

अर्जुनधारा ७ निवासी यलम्बर टाइम्स साप्ताहिककी समाचार संयोजक राईले चैत २५ गते परेको जन्मदिनमा अर्जुनधारा ६ मा रहेको अपाङ बाल शिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकाका लागि चामल, दाल, नून, तेललगायत खाद्यान्न उपलब्ध गराएकी हुन् ।

आफू उपस्थित नभए पनि उनका कान्छा छोरा दिपज्वल राईले त्यहाँ रहेका बालबालिकाका लागि कापी र कलम पनि केन्द्रका शिक्षक मित्र राईलाई हस्तान्तरण गरेका थिए । अनौपचारिक कार्यक्रममा अर्जुनधारा ६ का वडा सदस्य अर्जुन मेचेको उपस्थिति रहेको थियो ।