झापा । झापामा बुधबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार १८ महिलासहित ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । सबैभन्दा बढी बिर्तामोडमा ६ महिलासहित १३ जना रहेका छन् । त्यस्तै, दमकमा २ महिलासहित ७ जना, मेचीनगरमा २ जना पुरुष, भद्रपुरमा १ महिलासहित ३ जना, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बुद्धशान्तिमा १ जना महिला, गौरीगञ्जमा ५ महिलासहित ११ जना, कमलमा २ महिलासहित ४ जना, शिवसताक्षीमा ३ जना पुरुष, बाह्रदशीमा १ जना पुरुष र झापा गाउँपालिकामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

त्यस्तै मृत्यु हुनेमा झापा गाउँपालिका–४ का ५५ वर्षीय पुरुषको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा मृत्यु भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ४८९५, डिस्चार्ज ४५२४, आइसोलेसनमा २३९ जना, कुल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको संख्या १३२ जना पुगेको उनले बताए ।