अर्जुनधारा । कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अर्जुनधारा नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा क्षेत्रमा स्वास्थ्य, सरसफाई, २४ घण्टे इमर्जेन्सी सेवा, २४ घण्टे प्रसुति सेवा, नियमित खोप सेवा, स्वास्थ संस्थाहरु बैंक तथा वित्तीय संस्था, खाद्यान्नबाहेक सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाइएको छ ।

गतवर्ष कोरोनाबाट अर्जुनधाराका १६६ जनामा संक्रमण भएको थियो भने ८ जनाको मृत्यु भएको थियो । यसपटक हालसम्म ४५ जनामा संक्रमण हुनका साथै १ जनाको मृत्यु भइसकेको छ ।