झापा । झापामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर ६ का ४८ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बुधबार अपराह्न ४ः३० बजे मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई मंगलबारमात्र संक्रमण पुष्टि भएको थियो ।
यसअघि हिजै मेचीनगर ६ कै एक महिलासहित ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४३ पुगेको छ ।