झापा । पछिल्लो २४ घण्टाभित्र झापामा १९० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ८७ जना महिला र १०३ जना पुरुष छन् ।
सबैभन्दा बढी दमकका ६४ जना रहेका छन् । जसमा ३२ महिला र ३२ जना पुरुष रहेका छन् । दमकपछि बिर्तामोड, मेचीनगर र कमल गाउँपालिकाका २२-२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडमा ७ महिला र १५ जना पुरुष, मेचीनगरमा १३ महिला ९ पुरुष र कमलमा ९ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, गौरीगञ्जमा १० महिला र ७ पुरुषमा पनि संक्रमण भएको छ ।
कनकाईमा ५ महिला र ७ पुरुष, भद्रपुरमा ४ महिला र ७ पुरुष, शिवसताक्षीमा ४ महिला र २ पुरुष, अर्जुनधारामा ४ जना पुरुष, बुद्धशान्तिमा १ महिला र ३ पुरुष, झापा गाउँपालिकामा ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिएका छन् ।
यसैगरी, गौरादहमा १ महिला र १ पुरुष पालिका नखुलेका १ जना महिलामा पनि संक्रमण भएको छ । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ५ हजार ७९० पुगेको छ ।
संक्रमणलाई जितेर ४ हजार ५६५ जना घर फर्किएका छन् भने सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा एक हजार ८१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणबाट हालसम्म १४४ जनाको ज्यान गएको छ ।