झापा । कोरोना संक्रमणबाट झापामा थप एक जना बृद्धाको मृत्यु भएको छ ।
गौरादह ४ की एक संक्रमित बृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । दमकको एड्भान्स अस्पतालमा उपचारको क्रममा ६० वर्षीया ती बृद्धाको आज बिहान मृत्युु भएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।
हिजो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियोे । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ ।