झापा । कोरोना संक्रमणबाट आज अर्जुनधाराका दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष हुन् ।
अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय रहेका छन् । उनको उपचारका क्रमममा धरानमा मध्यरातमा मृत्यु भएको हो ।
त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज बिहान ३ बजे बिर्ता सिटीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रधानलाई अन्य रोगको उपचारका लागि धरान लगिएकोमा उतै परीक्षण गर्दा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । यस्तै, अधिकारीलाई वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।
यो सँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यसपटक ३ पुगेको छ । आइतबारसम्म अर्जुनधारामा कारोना संक्रमितको संख्या ११० रहेको छ ।