झापा । पछिल्लो २४ घण्टामा झापाका विभिन्न पालिकामाा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी भद्रपुर नगरपालिकामा ३० महिलासहित ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार एन्टिेजेन्टका ६ जनासहित २६९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै झापामा कुल संक्रमितको संख्या ६ हजार ४९७ पुगेको छ । एन्टिजेनतर्फ संक्रमितको संख्या २०३ पुगेको छ ।

भद्रपुरपछि बिर्तामोडमा १७ महिलासहित ४३ जनामा संक्रमण भएको छ । दमकमा १६ महिलासहित ३६ जना, मेचीनगरमा १३ महिलासहित २५ जना, अर्जुनधारामा १० महिलासहित २१ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड फोकल पर्सन जीवन चम्लागाईका अनुसार थपिएका संक्रमितहरुमा कनकाईमा ९ महिलासहित २० जना, बुद्धशान्तिमा ७ महिलासहित १८ जना, गौरादहमा ६ महिलासहित १४ जना रहेका छन् ।

यस्तै, कचनकवलमा ७ पुरुष, कमलमा ४ महिलासहित ७ जना, शिवसताक्षीमा १ महिला र १ पुरुष, हल्दिकारी र झापा गाउँपालिकामा २-२ जना पुरुष र पालिका नखुलेकी एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैबीच, झापामा थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै जिल्लामा १५६ पुगेको छ ।

कोरोनालाई जितेर हालसम्म ४ हजार ६२१ जना घर फर्किएका छन् भने विभिन्न आइशोलेसनमा १७२५ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।