झापा । पछिल्लो २४ घण्टामा झापामा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआरतर्फ ३२५ र एन्टिजेनतर्फ ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ महिला १६४ र पुरुष १६१ तथा एन्टिजेनतर्फ २५ महिला र २१ जना पुरुष संक्रमित भएका हुन् । सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४९ महिलासहित ९० जना संक्रमित भएका छन् ।
जसमा २ महिला र ६ जना पुरुष एन्टिजेन पोजेटिभ हुन् भने ४७ महिला र ३५ पुरुषको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको हो । यस्तै, भद्रपुरमा २१ महिलासहित ५६ जना, अर्जुनधारामा २४ महिलासहित ५० जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा पीसीआरतर्फ १३ महिलासहित ३४ जना, एन्टिजेनमा ११ महिलासहित १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । मेचीनगरमा १६ महिलासहित ३१ जना, कनकाईमा १५ महिलासहित २४ जना, दमकमा १२ महिलासहित २२ जना, बुद्धशान्तिमा ११ महिलासहित २० जनामा संक्रमण पुष्टि भएको छ ।
कोभिड फोकल पर्सन जीवन चम्लागाईका अनुसार गौरादहका १० महिलासहित १८ जना, कमलमा ७ महिलासहित १३ जना, शिवसताक्षीमा ६ महिलासहित १२ जना, बाह्रदशीमा १ महिलासहित ५ जना, कचनकवलमा २ महिलासहित ५ जना, झापामा ३ महिलासहित ४ जना, पालिका नखुलेका ५ महिलासहित ८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यो सँगै पीसीआरतर्फ ४ हजार ९९२ र एन्टिजेनतर्फ ३०५ जना कूल संक्रमित भएका छन् । यस्तै, ४ हजार ६९२ जना निको भएर घर फर्किएका छन् । विभिन्न आइशोलेसनमा २ हजार १४१ जना सक्रिय संक्रमित छन् ।
बितेको २४ घण्टामा झापाका ७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।