इलाम । नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराति निधन भएको छ ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका थिए । उनको स्वास्थ्यमा समस्या
देखिएपछि विराट नर्सिङ होम विराटनगर लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।