सुरुंगा । झापामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला रहेकी छन् ।
झापा गाउँपालिका ६ आदर्श टोलकी एक कोरोना संक्रमित ४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनुभयो ।
क्यान्सर रोगले समेत पीडित महिलाको होम आइसोलेसनमै शनिबार बेलुका ७ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिनुभयो ।
यो संगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।