बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ २८७ र एन्टिजेनतर्फ १६ जनामा पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये १३८ जना महिला र १६५ जना पुरुष रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका ६७ जना रहेका छन् । जसमा ३८ जना महिला रहेका छन् ।
यसैगरी, मेचीनगरमा २७ महिलासहित ५२ जना, भद्रपुरमा १९ महिलासहित ४४ जना, दमकमा ११ महिलासहित २४ जना, अर्जुनधारामा ६ महिलासहित १७ जना, हल्दिबारीमा ५ महिलासहित १५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, कनकाईमा १० महिलासहित २४ जना, बुद्धशान्तिमा ४ महिलासहित १२ जना, गौरीगञ्जमा ३ महिलासहित ८ जना, शिवसताक्षी र कचनकवलमा २-२ महिलासहित ७-७ जना, कमलमा २ महिलासहित ४ जना, बाह्रदशीमा २ महिलासहित ७ जना, झापा र गौरादहमा १-१ जना पुरुष तथा ठेगाना नखुलका ३ महिलासहित ८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यो सँगै झापामा पीसीआरतर्फ कुल संक्रमितको संख्या ८२२९ र एन्टिजेनतर्फ ४१७ पुगेको छ । सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा ३१३२ को उपचार भइरहेको छ ।
आज ५३ जना डिस्चार्ज भए । यो सँगै कुल डिस्चार्ज संख्या ४९२४ रहेको छ ।
स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाईले २४ घण्टाभित्र झापामा ८ जनाको मृत्यु भएको जनाएका छन् । उनका अनुसार भद्रपुर र दमकमा २ २ जना, बिर्तामोड, मेचीनगर, बुद्धशान्ति र कनकाईमा संक्रमितको मृत्यु भएको हो ।
तर, बिर्तामोड नगर स्वास्थ्य कार्यालयले भने २ जना संक्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।