झापा । झापाको दमकमा कोरोना संक्रमणबाट पूर्व जनप्रतिनिधिको निधन भएको छ ।
दमक ५ का पूर्व वडाध्यक्ष मोति इङनामको कोरोना संक्रमणबाट मृत्यु भएको दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । उनको नोबेल अस्पतालमा आज बिहान २ बजे निधन भएको उनले पुष्टि गरे ।
कोरोना संक्रणमपछि उनी बिर्तामोडको बिर्तासिटी अस्पतालमा झण्डै १५ दिनदेखि उपचाररत थिए । तर, स्वास्थ्यमा असहजता देखिएपछि उनलाई नोबेल अस्पताल लगिएको गुरुङले जानकारी दिए ।
उनको आज बिहानै नोबेलमा निधन भएको हो । आजै ११ बजे कन्काइ माइमा अन्त्योष्टि गरिने गुरुङले जानकारी दिए । इङनाम २०५४ मा साविक दमक १० को वडाध्यक्षमा निर्वाचित भएका थिए ।