बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक सय जना महिला र ११८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४१ जना रहेका छन् । जसमा २१ जना महिला रहेका छन् । यस्तै, भद्रपुरमा १४ महिलासहित २८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, संक्रमित हुनेमा कमलमा १४ महिलासहित ३१ जना, अर्जुनधारामा ७ महिलासहित २२ जना, दमकमा १० महिलासहित २२ जना, कनकाईमा १० महिलासहित १७ जना, मेचीनगरमा ९ महिलासहित १७ जना, हल्दिबारीमा ४ महिलासहित ६ जना रहेका छन् ।
यसैगरी, शिवसताक्षीमा १ महिलासहित ५ जना, गौरादहमा १ महिला, १ पुरुष, गौरीगञ्जमा २ महिला, २ पुरुष, कचनकवलमा ३ महिला, बाह्रदशीमा १ पुरुष तथा पालिका नखुलेका ३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् ।
यो सँगै झापामा कुल संक्रमितको संख्या ८ हजार ७०४ रहेको छ भने आज ८१ जना निको हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ५ हजार ४४ रहेको छ ।
यस्तै, विभिन्न आइशोलेसनमा ३ हजार ४७८ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा झापाका ४ जनाले ज्यान गुमाएका छन् ।