झापा । झापाको कमल गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका ३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नम्बरको स्कोरपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका १ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनापछि प्रहरीले ठक्कर दिने स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भइरहेको जनाएको छ ।