प्रतिकात्मक तस्वीर ।

झापा । झापाको बुद्धशान्तिमा आज बिहानै जंगली हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा चालक गम्भीर घाइते भएका छन् ।

 

बिहान ५ः१० बजे बुद्धशान्ति २ बिहानी टोलस्थित भित्री बाटोमा बुधबारेतर्फ आउँदै गरेको मे. ३ प ६८६७ नम्बरको मोटरसाइकललाई सोही ठाउँमा रहेको तीनतले सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो ।

 

हात्तीको आक्रमणबाट मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

 

छातीमा चोट लागेका पौडेलको अवस्था हाल बोल्न सक्ने रहेको र हात्ती जंगलतर्फ नै गएको प्रहरीले जनाएको छ ।