झापा । झापाको दमकमा शनिबार थप दुई संक्रमितको मृत्यु भएको छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमक ९ का २८ र ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । २८ बर्षिय संक्रमित पुरुषको बिएण्डसी अस्पताल बिर्तामोडमा हिजो बेलुका मृत्यु भएको हो ।

यस्तै अर्का संक्रमित ६३ वर्षिय बृद्धको भने दमकको लाइफलाइन अस्पतालमा हिजो बेलुका नै मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । योसँगै दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ ।