दमक । कमल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष केदार कटुवालले आफ्ना वडाका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री दिएका छन् ।
उनले आफनो निजी खर्चमा कोभिड संक्रमणबाट घरमै उपचार गर्दै आएका १७ जना संक्रमितहरुलाई भिटामिन, पारासिटामोल, सेनिटाईजर, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु दिएका हुन् । संक्रमितहरुको स्वास्थ्य अवस्था बुझदै वडाध्यक्ष कटुवालले ती स्वास्थ्य सामग्रीहरु वितरण गरेका हुन् ।
वडाको सराङपाडा, समयगढलगायतका स्थानमा संक्रमण देखिएको उनले जनाए । कोरोनाबाट संक्रमण भएर होम आइसोलेसनमा बसेका सबैलाई त्यसै किसिमका आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गरिने वडाध्यक्ष कटुवालले बताए ।
सामाजिक कार्यमा सक्रिय युवा व्यक्तित्व वडाध्यक्ष कटुवालले यसअघि आफनो निजी खर्चमा विभिन्न सहयोग गर्दै आएका छन् । कमलमा दोश्रो भेरियन्टबाट हालसम्म १२६ जना संक्रमित भएका छन् ।