अर्जुनधारा । नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएपछि अर्जुनधारा नगरपालिकालाई अक्सिजन सिलिण्डर उपलब्ध गराउने दाताहरु बढेका छन् ।
पछिल्लोपटक अर्जुनधारा ८ का समाजसेवी तथा व्यवसायी तारा खतिवडाले एक थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । यो विपद्को घडीमा संक्रमितको स्वास्थ्योपचारमा सहयोग पुगोस् भनेर सिलिण्डर उपलब्ध गराएको खतिवडाले बताए ।
उनी नेकपा एमाले झापाका सदस्य, केम्पो खुकुरी मार्सल आर्टका जिल्ला अध्यक्ष तथा खेलकुद माहासंघ सचिवालय सदस्य पनि हुन् ।
यसैगरी, अर्जुनधारा ६ निवासी गोपाल दाहालले पनि एक थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।
यसअघि सामाजिक अभियन्ता कमल पोख्रेलको पहलमा अर्जुनधारा ७ का विकास सुन्दासले २ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका थिए ।
नगरले स्थापना गरेको आइशोलेसनमा व्यवस्थितरुपमा कोरोना संक्रमितको उपचार सुरु हुन थालेपछि थप अक्सिजन सिलिण्डर उपलब्ध गराउन सकिने सामाजिक अभियन्ता पोख्रेलको भनाइ छ ।