झापा । पछिल्लो २४ घण्टाभित्र झापामा २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक सय जना महिला छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पीसीआर परीक्षणबाट १६९ जना र एन्टिजेनबाट ४९ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका ३० जना रहेका छन् । जसमा २२ जना महिला रहेका छन् ।
यसैगरी, अर्जुनधाराका १५ महिलासहित २५ जना, दमकमा ११ महिलासहित २४ जना, भद्रपुरमा ८ महिलासहित १९ जना, मेचीनगरमा ८ महिलासहित १७ जना, कनकाईमा ७ महिलासहित १५ जनामा संक्रमण पुष्टि भएको छ ।
कोभिड फोकल पर्सन जीवन चम्लागाईका अनुसार कमल गाउँपालिकामा १३ महिलासहित २३ जना, बुद्धशान्तिमा ९ महिलासहित १३ जना, शिवसताक्षीमा ३ महिलासहित ९ जना, बाह्रदशीमा २ महिलासहित ६ जना, गौरीगञ्जमा १ महिलासहित ४ जना, झापामा ३ महिलासहित ४ जना, कचनकवलमा १ महिलासहित ५ जना र हल्दिबारीमा ४ महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै झापामा कुल संक्रमितको संख्या ९ हजार ९८८ जना पुगेको छ । आज १२६ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ५ हजार ७५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा झापाका ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।