धुलाबारी । झापाको मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर-१० स्थित धुलाबारीका ६२ वर्षीय बृद्धको आज बिर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनको आज बिहान २ वजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई १८ दिनदेखि सोहि अस्पतालमा राखेर उपचार भईरहेको थियो । सोहि अस्पतालमा नै एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको थियो । उनको दिउसो स्थानीय निन्दा खोलामा नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भइरहेको बरालले जानकारी दिए ।

योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।