बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा १६३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ५४ जना छन् ।

आज थपिएका संक्रमितमध्ये ७५ जना महिला छन् । दमकमा २७ जना महिलासहित ५४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका १७ महिलासहित ३१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, भद्रपुरमा ७ महिलासहित १३ जना, मेचीनगरमा ५ महिलासहित १२ जना, अर्जुनधारामा ६ महिलासहित ११ जना, कनकाईमा ३ महिलासहित १० जना, बुद्धशान्तिमा १ महिलासहित १० जना र शिवसताक्षीमा ३ महिलासहित ६ जनामा पनि संक्रमण भएको छ ।

कोभिड फोकल पर्सन जीवन चम्लागाईका अनुसार गौरीगञ्जमा ३ जना, कचनकवलमा २ जना, बाह्रदशी, कमल र झापा गाउँपालिकामा १-१ जनामा पनि संक्रमण भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या १० हजार १४७ पुगेको छ । आजै १४६ जनाले कोरोना जितेर घर फर्किएका छन् । डिस्चार्ज हुनेको संख्या ५ हजार ९ सय रहेको छ ।

यसैगरी बितेको २४ घण्टामा झापाका ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मृत्यु हुनेमा २ महिला र ४ पुरुष छन् ।