धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा एक संक्रमित महिलाको बेडबाट लडेर मृत्यु भएको छ ।
सिरहा, गोलबजारकी ५५ बर्षीया संक्रमित महिलाको अस्पतालको बेडबाट लडेर सोमबार राति मृत्यु भएको हो ।अस्पतालमा उपचाररत ती महिलाको मृत्युपछि परिवारले शव परिवारले शव बुझ्न मानेका छैनन् ।
मृतक महिलाको ज्वाँई धननारायण श्रेष्ठले अस्पतालले सोमबार साँझ ७ बजे कोभिड युनिटमा उपचारका क्रममा बेडबाट लगेर मृत्यु भएको जानकारी गराएको बताए ।तर उनले उपचारमा रहेको बेडबाट लडेर अस्पतालमै कसैको मृत्यु हुनुलाई समान्यरुपमा लिन नसकिने बताए ।
‘सासु आमाको मृत्युको घटना रहस्यमय छ’श्रेष्ठले अस्पतालको बेडबाट बिरामी लडेर मृत्यु हुने कुरा पत्याउन सकिन्न्।’ घटनाको निष्पक्ष छानबीन हुनुपर्छ। आफुहरुले आमाको मृत्युको कारण थाहा पाउँन अस्पतालको सिसि क्यामेराको फुटेज हर्न पाउनुपर्ने उनले बताए ।