बिर्तामोड । बिर्तामोडको नगर अस्पताललाई प्रदान गर्नका लागि नेकपा एमाले बिर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजनसहितको सिलिन्डर आज बिर्तामोड ल्याइपुर्याएको छ ।

विभिन्न दाताहरुबाट संकलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी ती सिलिन्डर ल्याइएको हो । जुन सिलिन्डर भोलि बिहान बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

नगर अस्पताललाई ५० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गर्नका लागि नेकपा बिर्तामोडले सहयोग संकलन अभियान संचालन गरेको थियो । त्यसअन्तर्गत १ सय वटा सिलिन्डरको रकम संकलन भएको थियो ।

विभिन्न दाताहरुले करीब १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेकोमा १३ लाख उठिसकेको र २ लाख उठ्न बाँकी रहेको नेकपा बिर्तामोडका नगर कमिटी सचिव सुवास भट्टराईले बताए ।

मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैय्याको आइसोलेसन सेन्टर संचालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।